Main News
यस्तो रहनेछ आजको मौसमी अवस्था
२०७९ पुष ६ गते ८:५२
![यस्तो रहनेछ आजको मौसमी अवस्था](https://www.himalayatv.com/wp-content/uploads/2022/12/mausam-ktm.jpg)
६ पुस २०७९ काठमाडौं । आज दिउँसो प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
भारतको जम्मु कश्मीरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज दिउँसो प्रदेश १ को मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका हुन् ।
अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसकै प्रभावले हाल लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका थोरै भूभागमा हुस्सुकुहिरो लागेको छ ।
यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया