गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा, कसरी हुन्छ राष्ट्रपतिको निर्वाचन ? (भिडियो रिपोर्टसहित)
५ पुस २०७९ काठमाडौं । संविधानले दलीय व्यक्ति नै राष्ट्रपति हुनुपर्ने उल्लेख गरेको छैन । त्यसैले गैरदलीयबाट पनि राष्ट्रपति बनाउने चर्चा चलाइयो । तर, राष्ट्रपतिको चुनाव हुँदा दलीय आड नभइ सम्भव छैन । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । कसरी हुन्छ त, राष्ट्रपतिको निर्वाचन ?
धारा ६२ को उपधारा १ मा संघीय संसद ९प्रतिनिधिसभा र राष्ट्रियसभा० का सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपति चयन हुने व्यवस्था छ । एक जना संघीय सांसद बराबर ७९ र एकजना प्रदेश सांसद बराबर ४८ को मतभार हुने संघीय कानूनमा व्यवस्था छ ।
संघीय संसदका दुबै सदन गरि ३ सय ३४ र सातै प्रदेशसभाबाट ५ सय ५० मतदाता छन् । संघीय संसदबाट २६ हजार ३ सय ८६ मतभार हुँदा प्रदेश सांसदबाट २६ हजार ४०० मतभार रहन्छ । कुल मतभार ५२ हजार ७ सय ८६ हुन आउँछ । राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत पाउँनै पर्छ । यदी कसैले ५० प्रतिशतभन्दा बढी मत पाउन नसके पुनः मतदान हुन्छ । अर्थात राष्ट्रपति बन्नका लागि कम्तिमा २६ हजार ९ सय २१ मतभार पाउँनैपर्छ ।
कुन दलको मतभार कति ?
कांग्रेस–१६,२२१
एमाले–१५,१५४
माओवादी केन्द्र–७,६९७
एकीकृत समाजवादी–२,५७४
राप्रपा–२,४५०
जसपा–२,१४५
रास्वपा– १,५८०
जनमत–१,२४२
स्वतन्त्र–१,००२
अन्य दल– २,७२१
सत्तारुढ गठबन्धनको मतभार कति ?
कांग्रेस–१६,२२१
माओवादी केन्द्र–७,६९७
एकीकृत समाजवादी–२,५७४
लोकतान्त्रिक समाजवादी पार्टी– ९७१
राष्ट्रिय जनमोर्चा–२०६
यी पाँच दल मिल्दा राष्ट्रपतिका लागि सहजै बहुमत पुग्छ । यी दलको कूल मतभार २७,६७९ हुन आउँछ ।
एमाले–माओवादी केन्द्र मिल्दाको अवस्था
एमाले– १५१५४
माओवादी केन्द्र–७६९७
दुई दलले मात्र बहुमत पुग्दैन त्यसका लागि एकीकृत समाजवादी र राप्रपा पनि मिलाउनुपर्छ । मतभारको गणना गर्दा दलहरुले चाहेकै व्यक्ति राष्ट्रपति बन्नसक्छ । संघीय र प्रदेश संसदमा दलहरु नै हाबी रहेकाले दलले नै छानेका उम्मेदवार निर्वाचित हुन्छन् ।
गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने भए कम्तिमा कांग्रेस वा एमालेले अग्रसरता देखाउँदै अरु दललाई पनि विश्वासमा लिनसक्नुपर्छ । तर, माओवादी केन्द्रसहितका दलहरुले राजनीतिक व्यक्तिबाटै राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएकाछन् ।
प्रतिक्रिया