Main News

कांग्रेस संसदीय दलमा देउवा र थापाबीच भिडन्त, के भन्छन् नेताहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ५ गते १८:०७
कांग्रेस संसदीय दलमा देउवा र थापाबीच भिडन्त, के भन्छन् नेताहरु ? (भिडियो रिपोर्टसहित)

५ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी परेको हो । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले देउवालाई निर्विवाद रुपमा संसदीय दलको नेता बनाउन आग्रह गर्नुभयो ।

थापाको प्रस्तावकमा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल हुनुहुन्छ । थापाले कांग्रेसको भविष्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभयो ।

नेता कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताउनुभयो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताउनुभयो ।

संसदीय दलको नेता चयनको लागि भोलि बिहान ८ देखि १० बजेसम्म मतदानको समय तोकिएको छ । कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार हुन पाउने व्यवस्था छ । कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । संसदीय दलको नेता हुन कम्तिमा ४५ सांसदको समर्थन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *