Main News
माओवादीलाई कांग्रेस महामन्त्री शर्माले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)
२०७९ पुष ५ गते १६:४१

५ पुस २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्रलाई सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजी नगर्न चेतावनी दिनुभएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा महामन्त्री शर्माले गठबन्धनलाई निरन्तरता दिने बाचा गरेर निर्वाचनमा गएको भन्दै जनताको मर्मविरुद्ध जान नहुने बताउनुभयो ।
उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकांक्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताउनुभयो ।
महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया