Main News

नगरहरु सुरक्षित र स्वच्छ बनिरहेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ पुष ४ गते १७:०५
नगरहरु सुरक्षित र स्वच्छ बनिरहेको प्रधानमन्त्री देउवाको दाबी (भिडियो रिपोर्टसहित)

४ पुस २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणले असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्री देउवाले काठमाडौं लगायत सबै नगरलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवासको समुचित प्रवन्ध गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्वन गर्न सुझाव दिनुभयो । उहाँले शहरहरुलाई आर्थिक विकासको हबका रुपमा समेत विकास गर्ने कार्यमा सहायेगी भुमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संघीयता नाममा मात्रै सिमित भएको बताउनु भयो । उहाँले संघियताको व्यवस्था गरे पनि स्रोत परिचालन,अधिकार र जनशक्ति व्यवस्थापनको अधिकार दिने विषयमा संघीय सरकार इमान्दार नभएको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले संघियताको अभ्यासलाई सही रुपमा गर्न नसके आफैँले ल्याएको व्यवस्थाले आफैँलाई खानसक्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *