Main News
जनमत पार्टी संसदीय दलको नेतामा राउत चयन
२०७९ पुष ४ गते १३:४७

४ पुस २०७९ काठमाडौं । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त सिके राउत चयन हुनु भएको छ ।
काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले राउतलाई सर्बसम्मत दलको नेता चयन गरेको हो ।
प्रत्यक्षतर्फ राउत मात्रै विजयी भएको जनमत पार्टीमा समानुपातिक तर्फबाट पाँच जना सांसद निर्वाचित भएका छन् ।
प्रतिक्रिया