Main News

दलको चुनाव र सरकार निर्माण बारे छलफल गर्न माओवादीको बैठक बस्दै

हिमालय टिभी
२०७९ पुष ३ गते ९:०४
दलको चुनाव र सरकार निर्माण बारे छलफल गर्न माओवादीको बैठक बस्दै

३ पुस २०७९ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको अन्तिम नतिजा बुझाएसँगै दलहरुबीच नयाँ सरकार गठन, शक्ति बाँडफाँडको बहस शुरु भएको छ ।

अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय कोटेश्वरमा बस्ने बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार निर्माणलगायतका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

रकारमा रहेका राजनितक दलको गठबन्धनको सरकार बन्ने अवस्थामा पहिलो चरणमा प्रचण्डको प्रधानमन्त्रीमा दावी छ । हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रचण्डले राख्नुभएको यो प्रस्तावमा देउवाले भने आफ्नो पार्टीको संसदीय दलको नेता चयनपछि छलफल गर्ने आश्वासन दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

यद्यपि हिजै आफ्नो पार्टीका निर्वाचित सांसदसँगको छलफलमा देउवाले काँग्रेसले नै आगामी सरकारको नेतृत्व गर्ने बताउनुभएको थियो । सरकारको नेतृत्व नपाए नेकपा एमालेसँग मिलेर भए पनि सरकार बनाउने रणानीतिमा माओवादी केन्द्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *