Main News

कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

२०७९ पुष २ गते १९:१९
कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नयाँपन दिनुपर्छः महामन्त्री थापा

२ पुस २०७९ काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले यहाँ आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा बोल्दै उहाँले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताउनुभएको हो ।

“अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ”, उहाँले भन्नुभयो, “राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।” आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नं ४ बाट हुने उहाँको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा १ मा निर्वाचित प्रदेशसभा सदस्य श्रीराम लामिछानेले निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षभित्र पूरा गर्ने जिकिर गर्नुभयो । काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ का पार्टी सभापति रामप्रसाद लुइँटेलले चुनावी घोषणापत्रलाई पाँच वर्षसम्म ध्यान दिएर जनतासँग गरेका बाचा पूरा गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *