Main News
पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइयो (भिडियो रिपोर्टसहित)
२०७९ पुष १ गते १४:५४

१ पुस २०७९ काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले पाँचौं राष्ट्रिय झण्डा दिवस मनाएको छ ।
सन् १९६५ डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अन्तराष्ट्रिय अंगकृत गरिएको सम्झनमा पाँच वर्षदेखि पुस १ गते झण्डा दिवस मनाउँदै आइएको छ ।
यस अवसरमा काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको थियो। कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्य पछिल्लो समय झण्डाको दुरुपयोग बढ्दै गएकाले जनचेतना फैलाउन दिवसको थालनी गरिएको जानकारी दिनुभयो ।
र्यालीमा विराटनगरका पूर्वमेयर तथा प्रदेश १ का प्रदेशसभा सदस्य भीमप्रसाद पराजुलीसहित पचास बढी युवाको सहभागिता थियो ।
प्रतिक्रिया