Main News
यस्तो रहनेछ आजको मौसम
२०७९ मंसिर २८ गते ९:०३
२८ मंसिर २०७९ काठमाडौं । आज सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका प्रदेशमा पहाडी भेगको मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् ।
अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि पहाडी भेगको मौसम खुल्दै बादल लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज राति भने प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया