Main News

जाजरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

हिमालय टिभी
२०७९ मंसिर २६ गते १८:३४
जाजरकोटमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

२६ मंसिर २०७९ जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश २(००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा खस्दा ८ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठका अनुसार ३ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न बाँकी छ ।

घाइतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । जीप दैलेखबाट बिहेका लागि जाजरकोट आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *