Main News
अध्यादेशको बचाउन सरकारले दियो यस्तो तर्क (भिडियो रिपोर्टसहित)
२०७९ मंसिर २६ गते १८:०८

२६ मंसिर २०७९ काठमाडौं । सरकारले हिंसात्मक गतिविधिमा लागेकालाई मुलधारको राजनीतिमा ल्याउन अध्यादेश ल्याएकोभन्दै बचाउ गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर देशमा योगदान गर्न चाहनेलाई अवसर दिन अध्यादेश ल्याएको बताउनुभयो ।
उहाँले मुलुकलाई शान्ति, एकता, विकास समृद्धि चाहिएकाले सबैको योगदानका लागि अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।
कांग्रेसभित्र र बाहिरसमेत आलोचना भइरहँदा सरकारकातर्फबाट प्रष्टिकरण आएको हो ।
हिजो मात्र मन्त्रिपरिषद् बैठकले फौजदारी अपराध संहिता संशोधनको अध्यादेश पारित गरेर राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो अध्यादेश जारी भएपछि जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलगायतलाई माफी दिएर जेलबाट छुट्ने छन् ।
प्रतिक्रिया