Main News

समानुपातिकमा रास्वपा पनि पुरानै दलको बाटोमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २५ गते २१:२३
समानुपातिकमा रास्वपा पनि पुरानै दलको बाटोमा (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७९ काठमाडौं । राजनीतिमा परिवार मोह, तरमारा र नजिककालाई स्थापित गर्ने परम्पराको निरन्तरता यसपटक पनि देखिएको छ ।

प्रत्यक्षतर्फबाट मात्र सबै वर्ग, लिङ्ग, पछाडि पारिएका समुदाय, जातजातीको प्रतिनिधित्व हुननसक्ने अवधारणामा समानुपातिक निर्वाचन प्रणाली अपनाइयो । यसपटक पनि समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएको छ ।

आफन्त र लेनदेनमै समानुपातिकबाट सांसद बनाउन दलका शीर्षनेता लालायित हुने गरेका छन् । चाहे कांग्रेस, एमाले होस वा माओवादी केन्द्र नै किन नहोस, सबैले सक्षमलाई पाखा लगाउने गरेका छन् । त्यसैको सिको गर्दै राप्रपा, जसपा मात्र होइन, नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि उस्तै छ ।

२०४८ सालको निर्वाचनदेखिनै परिवारवादको विउ रोपियो । कांग्रेस, एमाले लगायत दलका शीर्षनेताकै आफन्त र नजिककाले सहजै मौका पाए । कतिलाई राष्ट्रियसभामा ल्याउने गरिन्थ्यो भने कतिलाई सांसद र मन्त्रीसम्म बनाउने चलखेल हुन्थ्यो । यस्तो प्रवृत्तिप्रति आम मतदाता रुष्ट बन्दै आएका छन् । यस पटकको निर्वाचनमा यस्तै असन्तुष्टि देखियो । मतदाताको मनोभाव कुनै दलले बुझ्न सकेनन् ।

बरु, समानुपातिकमा आफन्त, मालदार र नजिकका सहयोगी नै सांसदको सपथ लिने तयारीमा छन् । योगदान र पार्टीप्रतिको आस्थालाई फेरि एकपटक पैतलाले कुल्चिने काम भएको छ । पछिल्लो पटक समानुपातिक सूची टुंग्याउन भन्दै दलका बैठक बसेपनि ति बैठक कसका भागमा कति भनेर भागशान्ति जय नेपालमा सिमित छन् । त्यही बैठकले पार्टी नेतृत्वलाई नै नाम छान्न जिम्मेवारी दिन्छ । शुक्रबार मात्र कांग्रेस, एमाले धेरै दलको बैठक बस्यो । ति सबै दलका बैठकले पार्टी अध्यक्ष वा सभापतिलाई नै सांसदको नाम टुंग्याउन जिम्मा दियो ।

समानुपातिकबाट कस्ता सांसद छानिए ?

समानुपातिकतर्फ ३४ सीट पाएको एमालेले २२ महिला र १२ जना पुरुषको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ ।

एमालेबाट नेताका आफन्त समानुपातिकतर्फबाट सांसद
उपाध्यक्ष रामबहादुर थापा– नैनकला थापा (श्रीमती)
महासचिव शंकर पोखरेल– मेनका पोखरेल (बहिनी)

नेतृत्वसँग निकट को–को परे ?
अध्यक्ष केपी शर्मा ओली– एकनाथ ढकाल (निकट), सुनिता बराल (निकट)
देवीप्रकाश भट्टचन (व्यवसायी)

समानुपातिकतर्फ ३२ सीट पाएको कांग्रेसले २९ महिला र ३ पुरुषको अन्तिम सूची बुझाएको छ ।

कांग्रेसबाट नेताका आफन्त समानुपातिकतर्फबाट सांसद
सभापति शेरबहादुर देउवा– आरजु देउवा (श्रीमती)
नेता बालकृष्ण खाण– मञ्जु खाण (श्रीमती)

नेतृत्वसँग निकट को–को परे ?
सभापति शेरबहादुर देउवा– विमलेन्द्र निधि, प्रकाशशरण महत

माओवादी केन्द्रबाट नेताका आफन्त समानुपातिकतर्फका सांसद
उपमहासचिव जनार्दन शर्मा– नारायणी शर्मा (बहिनी)
उपमहासचिव शक्ति बस्नेत– ज्ञानु बस्नेत सुवेदी (बहिनी)
नेता शिवपूजन यादव– मीना यादव (श्रीमती)

समानुपातिकमा ५ सीट पाएको जनता समाजवादी पार्टीमा पनि शनिबार साँझसम्म विवाद देखिएको थियो । जसपाले अन्तिममा मात्र अन्तिम बन्दसूची बुझायो ।

जसपाबाट नेताका आफन्त समानुपातिकतर्फका सांसद
संघीय परिषद् अध्यक्ष अशोक राई– सुशीला श्रेष्ठ (श्रीमती)

नेतृत्वका आफन्त र तरमाराको विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि निकट मानिएकाहरुलाई नै सांसद बनाइएको आरोप छ । १३ सीट पाएको रास्वपाले ७ महिला र ६ पुरुषको अन्तिम सूची बुझाएको छ । तर, खस आर्यतर्फ महामन्त्री मुकुल ढकाल निकट चन्दा कार्कीलाई समानुपातिक प्रणाली मिचेर सांसद बनाइएको आरोप छ । त्यसबाहेक दलिततर्फ महिलाको प्रतिनिधित्व नै नगराइएको आरोप पनि लागेको छ । समानुपातिकतर्फ ७ सीट पाएको राप्रपामा पनि विवाद देखियो । शनिबार साँझ मात्र सूची बुझाएको राप्रपाले डाक्टर प्रकाशचन्द्र लोहनीको सट्टा पशुपति शमशेर निकट बुद्धिमान तामाङलाई अन्तिम सूचीमा समावेश गरियो । पाँच सीट पाएको जनता समाजवादी पनि विवादरहित हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *