राजनीति

मधेसमा किन खुम्चिएको कांग्रेस ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर २५ गते २१:१५
मधेसमा किन खुम्चिएको कांग्रेस ? (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७९ धनुषा । मधेशका आठ जिल्लालाई कुनै समय कांग्रेसको गोरहा खेत भनिन्थ्यो । गोरहा खेत भनेको सबै भन्दा बढी उब्जनी हुने खेत ।

तर नेपालको संविधान जारी भएपछि दुई निर्वाचनमा कांग्रेसको साख गिर्दै गएको छ । २०७४ सालको चौथो दलबाट प्रगति गर्दै एमाले पहिलो हुँदा कांग्रेस दोस्रो दलमै सीमित भएको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा मधेशको राजधानी धनुषाको १८ पालिका मध्ये बागी सहितलाई जोड्ने हो भने कांग्रेसले मात्र १२ पालिका जितेको छ । २०७९ को स्थानीय तह निर्वाचनमा मधेशको कुल १ सय ३६ पालिका मध्ये कांग्रेसले ४६ पालिकाको प्रमुख र ५६ पालिकाको उपप्रमुख जितेको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको नतृत्वकर्ता भएपनि कांग्रेस मधेशमा दास्रो दलमा खुम्चिएको छ ।

गत निर्वाचनमा मधेश प्रदेशको समानुपातिक मतमा एमाले भन्दा करिव ४९ हजार मत बढी ल्याएपनि प्रत्यक्षतर्फ एमाले भन्दा दुई सिट कम जितेकाले दोस्रो दल बनेको छ । एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि कुल २३ सिट ल्याउँदा कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ सहित कुल २२ सिट जितेको छ ।

मधेशमा कांग्रेसको यात्रा ओरालो लाग्नुमा पार्टी भित्रको अनावश्यक गुटबन्दी, अनैतिक गठबन्धन, लोकतन्त्रको मुल्य मान्यता विपरितका गतिविधि र मधेशको भावना भन्दा पनि व्यक्तिगत शक्ति आर्जनमा नेता केन्द्रित रहनु मुख्य कारण देखिन्छ ।

लोक भावनाको कदर गर्न नसक्नुनै अधिकांश समय देशको नेतृत्वमा रहेको कांग्रेस मधेशमा कमजोर हुदै जानु मुख्य कारण हो । कांग्रेसमा बन्धुत्व, समानता र आपसी सदभाव भन्दा पनि शक्तिका लागि अनैतिक प्रतिस्पर्धाको होड चलेको छ ।

२०७४ सालको निर्वाचनमा मधेशमा ३ लाख ७० हजार ५ सय ५० समानुपातिक मत पाएको कांग्रेस यस पटकको निर्वाचनमा समानुपातिक तर्फ कुल ४ लाख १ सय ४४ मत पाएको छ । मधेशमा २०७४ सालको निर्वाचन भन्दा यसपालि करिव साढे पाँच लाख मतदाता थप हुँदा समेत कांग्रेसले मात्र ३० हजार थप मत ल्याएको देखिन्छ । केहि पालिकामा गठबन्धन बाहेक एक्लै चुनाव लड्दा स्थानीय तहमा राम्रो नतिजा ल्याएको कांग्रेस प्रदेशमा पनि कमजोर भएको छ ।

मधेश प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने कांग्रेसले २०७४ को तुलनामा १ सिट थप जित्न सफल भएको छ । २०७४ सालमा सप्तरी ४, सिरहा १, सर्लाही ४, रौतहट २ र ४ तथा बारा १ गरि मधेशको ३२ मध्ये ६ सिट जितेको कांग्रेस २०७९ मा भने कुल ७ सात सिट जितेको छ ।जस्मा सप्तरी ३ र ४, धनुषा २, महोतरी ४, रौतहट ४ र पर्सा २ र ४ नम्वर क्षेत्र जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्