Main News

संसद सचिवालयका महासचिवले सर्वोच्चको फुलकोर्टको प्रश्नको उत्तर नदिने

हिमालय टिभी
२०७९ मंसिर २५ गते १७:०२
संसद सचिवालयका महासचिवले सर्वोच्चको फुलकोर्टको प्रश्नको उत्तर नदिने

२५ मंसिर २०७९ काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने पत्रबारे फुलकोर्टलाई जवाफ नदिने बताउनुभएको छ ।

फुलकोर्टले गौतमलाई जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव के आधारमा निष्प्रभावी भएको भन्दै चार वटा प्रश्न सोधेको थियो ।

संघीय संसद् सचिवालयका महासचिव गौतमले गत बुधबार जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि सोही दिन बसेको सर्वोच्चको पूर्णबैठकले पत्राचार गर्दै थप जिज्ञासा राखेको थियो ।

यसपछि महासचिव गौतमको पत्र बदरविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पत्र कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्दै संघीय संसद सचिवालयसँग जवाफ मागेको थियो ।

सर्वोच्चको अन्तरिम आदेशसँगै पूर्ण बैठकको निर्णयानुसार सोधेको प्रश्नको जवाफ दिनु नपर्ने महासचिव गौतमले सर्वोच्चलाई पत्राचार गर्नुभएको हो । उहाँले त्यसको जवाफ पनि संवैधानिक इजलासमै पठाउने समेत बताउनु भयो ।

गत शुक्रकार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश जबराविरुद्धको निष्प्रभावी पत्र तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको थियो । आदेशसँगै मंसिर २८ गते अनिवार्य अवकाशमा जान लागेका जबराको अदालत प्रवेश गर्ने अन्तिम प्रयास पनि असफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *