Main News

आज देशभरको मौसम सफा रहने

हिमालय टिभी
२०७९ मंसिर २५ गते ९:०२
आज देशभरको मौसम सफा रहने

२५ मंसिर २०७९ काठमाडौं । आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।

हाल देशमा मौसम बदली गराउने वा पानी पार्ने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशभरको मौसम सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुनेछ । तर बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

अब बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने भएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *