Main News

कुन दलबाट कसले पाए समानुपातिकमा अवसर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २४ गते १८:२३
कुन दलबाट कसले पाए समानुपातिकमा अवसर ? (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७९ काठमाडौं । कांग्रेस, एमालेसहित थ्रेसहोल्ड कटाएका सबै दलले समानुपातिकतर्फको अन्तिम बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन । नेताका आफन्तदेखि विवादित पृष्ठभूमि भएकासम्मलाई समानुपातिक सांसद बनाइएको छ ।

कांग्रेसले तीन जना पुरुषलाई सांसद बनाउँदा सभापति शेरबहादुर देउवाका विश्वासपात्र गोपानमान श्रेष्ठ अवसरबाट बञ्चित हुनुभएको छ भने एमालेले विवादित छविका एकनाथ ढकाललाई सांसद बनाएको छ । हेरौं कुन दलबाट क(कसले समानुपातिक प्रणालीमा अवसर पाए ?

समानुपातिक प्रणाली तर्फ कांग्रेसले ३२ र एमालेले ३४ सांसद पाएको थियो । माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ र जसपा र जनमत पार्टीले ५र५ जना सांसद पाएका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३२ सांसदको टुंगो लगाएर निर्वाचन आयोगमा पठाएको छ । प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो । संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो ।

सूची बनाउँदा नै क्रम मिलाएकाले यसमा धेरै विवाद थिएन । पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेताहरु थिए । प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवारलाई पठाउन दवाव थियो । बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधि रोज्नुभएको हो । महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद हुनुभएको छ ।

कांग्रेसबाट को–को परे ?
पुरूष– ३ जना
खस आर्यतर्फ– प्रकाशशरण महत
मधेसीतर्फ– विमलेन्द्र निधि
दलिततर्फ– जीवन परियार

महिला– २९ जना
खस आर्यतर्फ– आरजु देउवा राणा, मञ्जु खाण, अम्बिका बस्नेत, सरिता प्रसाईं, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल

आदिवासी जनजातितर्फ–सरस्वती बजिमय, लिलादेवी वोखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन र अञ्जनी श्रेष्ठ

दलिततर्फ– शान्ति विक, रुपा विक, सीता मिजार र आशा विक

मधेसीतर्फ– नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल

मुस्लिमतर्फ– जावेदा खातुन जागा
थारुतर्फ– कल्पना चौधरी र बिनाकुमारी थनेत

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
यस्तै, एमालेले पनि प्रतिनिधिसभातर्फको समानुपातिक सांसदको बन्दसूची टुंगो लगाएको छ । २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको हो । परिवार दलका अध्यक्ष एकनाथ ढकालसम्म एमालेको बन्दसूचीमा परेपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो । ढकालको परिवार दल र एमालेबीच समानुपातिकमासम्म गठबन्धन थियो ।

एमालेबाट को–को परे ?
पुरूष – १२ जना
खस आर्यतर्फ– रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही
आदिवासी जनजातितर्फ – देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई
दलिततर्फ– ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा
मधेसीतर्फ– गंगाप्रसाद यादव र अमृतलाल राजवंशी
मुस्लिमतर्फ– सराज अहमद खान

महिला– २२ जना
खस आर्यतर्फ– मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल
आदिवासी जनजातितर्फ – नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा
थारुतर्फ– आश्माकुमारी चौधरी र शान्ति चौधरी
दलिततर्फ– रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा
मधेसीतर्फ– विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक सांसद टुंगो लगाएको छ । यहाँ पनि खस आर्यमा विवाद रहेको थियो ।
माओवादी केन्द्रबाट को–को परे रु

पुरूष– २ जना
खस आर्यतर्फ– हितराज पाण्डे
दलिततर्फ– रणेन्द्र बराली

महिला– १२ जना
खस आर्यतर्फ– ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नारायणी शर्मा
आदिवासी जनजातितर्फ– दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ
थारूतर्फ– रुपासोसी चौधरी
दलिततर्फ– सुशीला श्रीपाली ठकुरी
मधेसीतर्फ–मिना यादव र उमरावती देवी यादव
पिछडिएको क्षेत्र– कल्पना मियाँ

यसैपटक चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसदको अन्तिम बन्द सूची बुझाएको छ । यस्तै, राप्रपाले पनि समानुपातिकतर्फ ७ जनाको नाम टुंगो लगाएको छ भने जसपाले पनि ५ जनाको अन्तिम बन्दसूची बुझाएको छ । त्यस्तै जनमत पार्टीले पनि ५ जनाको नाम बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *