Main News

दलहरुको समानुपातिक सूचीमा कोको परे ?

हिमालय टिभी
२०७९ मंसिर २४ गते १६:५६
दलहरुको समानुपातिक सूचीमा कोको परे ?

२४ मंसिर २०७९ काठमाडौं । प्रमुख राजनीतिक दलहरुले समानुपातिकतर्फको अन्तिम सूची टुंग्याएका छन् ।

कांग्रेसले समानुपातिकतर्फ पाएको ३२ सीटको अन्तिम सूची टुंग्याएको छ । प्रत्यक्षतर्फ महिला एकजनाले मात्र जितेकाले संघीय संसदमा ३३ प्रतिशत महिलाको संख्या पुर्याउन कांग्रेसले २९ जनाको नाम सिफारिस गर्नुपर्ने थियो ।

त्यसो हुँदा पुरुषतर्फ ३ जनाको नाम मात्र कांग्रेसले पठाउनुपर्ने थियो । त्यसमा विवाद देखिएपछि आज विहान कार्यसम्पदान बैठक बोलाइएको थियो । बैठकमा पनि सहमति जुट्न नसकेपछि नाम टुंगो लगाउन सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिइएको थियो । देउवाले पार्टीका पदाधिकारीसँग परामर्श गरेर अन्तिम सूची तयार पार्नुभएको हो ।

सभापति देउवाले तीन पुरुषमध्ये विमलेन्द्र निधि र प्रकाशशरण महतको नाम हटाउन नमानेपछि शेखर कोइराला समूहले जीवन परियारको नाममा अडान लिएको थियो ।

प्रत्यक्षमा दलिततर्फ शून्य रहेकाले परियारको नाम समानुपातिकमा राख्नै पर्ने कोइराला समूहको तर्क थियो । मधेसी पुरुषतर्फ निधि, खसआर्यतर्फ महत र दलिततर्फ परियारको नाममा सहमति जुटेको हो । यसो गर्दा देउवा निकट मानिएका गोपालमान श्रेष्ठको नाम काटिएको छ ।

श्रेष्ठको नाम चर्चामा थियो । त्यस्तै महिलातर्फ पहिले नै क्लस्टर मिलाएकाले समस्या थिएन । महिलातर्फ देउवा पत्नी आरजु राणा, बालकृष्ण खाण पत्नी मञ्जु खाण लगायतको नाम अन्तिम सूचीमा रहेको छ ।

यसैगरी नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभामा २२ महिला र १२ पुरुष गरी ३४ सांसदको नाम टुंगो लगाएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

एमालेको समानुपातिक सूचीमा रघुजी पन्त, एकनाथ ढकाल, मेनकाकुमारी पोखरेलदेखि सुनिता बरालसम्म अटाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकतर्फको १३ सांसद चयन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *