Main News

जबराको महाअभियोग निष्क्रियविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

हिमालय टिभी
२०७९ मंसिर २३ गते ८:५६
जबराको महाअभियोग निष्क्रियविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

२३ मंसिर २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदैछ ।

सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले प्रधानन्यायाधीश जबरा र संसदका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ आज हुने भएको हो ।

क्षेत्राधिकार मिच्दै जबराको महाअभियोग निष्क्रिय बनाएकाले महासचिव गौतमको पत्र कार्यान्वयन नगर्न–नगराउन भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

बारले आज पनि सर्वोच्चमा जबराको प्रवेशलाई छेक्न धर्ना दिँदैछ । बिहान पौने १० बजेबाटै सर्वोच्चको गेटमा धर्ना दिइने अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *