Main News

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

हिमालय टिभी
२०७९ मंसिर २३ गते ८:४९
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

२३ मंसिर २०७९ काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदैछ ।

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचारविरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचारविरुद्धको दिवस मनाइने गरिन्छ । सन् २००३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको हो ।

दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक तीनवटै उपायहरूलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको बताउनुभएको छ ।

देउवाले सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै जाने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले पनि शुभकामना सन्देश भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेकाले यसको रोकथामका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *