Main News

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

हिमालय टिभी
२०७९ मंसिर २२ गते ८:५४
अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

२२ मंसिर २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज मनाइँदैछ ।

‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ ।

कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा पुराना घरायसी कपडाको निरन्तर प्रयोग असुक्षित हुने स्वास्थ्यकर्मीहरूले बताउँदै आएका छन् । तर अधिकांस महिलाले आर्थिक अभावकै कारण सुरक्षित रुपमा प्याड प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

यो समस्या ग्रामीण भेगमा बढी देखिएको छ । महङ्गो भएकै कारण पर्याप्त प्याड खरिद गर्न नसकिने बाजुराका झुप्री उखेडाले बताउनुभयो । ३ वर्ष अघि ६५ रूपैयाँ पर्ने प्याड अहिले १ सय ४० रूपैयाँ पर्छ ।

सरकारले अहिले प्याड आयातमा १ दशमलव ५ प्रतिशत मात्र कर लगाएको छ भने कच्चा पदार्थमा १ प्रतिशत भन्सार महशुल घोषणा गरिएको छ । तर केहि कच्चा पदार्थमा अतिरिक्त कर भने ३० प्रतिशतभन्दा बढी छ । तर सरकारी करका कारण स्वदेशमै उत्पादित प्याड आयातित भन्दा महँगो हुने उत्पादक रमेश महतोले बताउनुभयो ।

नेपालमा प्याड निःशुल्क गर्नुपर्ने माग बेलाबेलामा उठ्ने गरेको भए पनि सरकारले बेवास्ता गर्दै आएको सुरक्षित महिनावारी अभियान्ता राधा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *