Main News

देशभर चिसो बढ्यो

हिमालय टिभी
२०७९ मंसिर २२ गते ८:४९
देशभर चिसो बढ्यो

२२ मंसिर २०७९ काठमाडौं । केही हप्तायता देशभर चिसो बढेको महशुस हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दैनिक सरदर दुई डिग्री सेल्सियसका दरले घटिरहेको छ । देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ । हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ ।

आज पनि देशका केही भुभागमा मौसम आंशिक बदली हुने संभावना छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *