Main News

समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, एमाले सबैभन्दो ठुलो दल

हिमालय टिभी
२०७९ मंसिर २१ गते १८:४३
समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक, एमाले सबैभन्दो ठुलो दल

२१ मंसिर २०७९ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ।

आज दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै सिट पाएको छ । एमालेले सात प्रदेश सभामा ७० सहित कुल १०४ सिट पाएको छ।

प्रतिनिधि सभामा एमालेले सबैभन्दा बढी ३४ सिट पाएको छ । प्रत्यक्ष तर्फ पहिलो बनेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ । यस्तै सात प्रदेशसभामा कुल ६४ सिट पाएको छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ सिट र सात प्रदेशसभामा कुल २९ सिट जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा १३ सिट पाएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रतिनिधिसभामा सात र सात प्रदेशसभामा १७ सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ सिट जितेको छ ।

जनमत पार्टीले पनि प्रतिनिधिसभामा ५ र प्रदेशसभामा ९ सिट जितेको छ । प्रतिनिधि सभामा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादीले सातवटा प्रदेश सभामा ९ सिट पाएको छ।

प्रदेशसभातर्फ मात्रै नागरिक उन्मुक्ति पार्टीले ५, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ३, नेपाल मजदुर किसान पार्टीले २ सिट जितेका छन् ।

यस्तै नेपाल संघीय समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले एक एक सिट जितेका छन् । समानुपातिक परिणाम अनुसार सात पार्टी राष्ट्रिय दल बनेका छन् भने १४ दलले प्रदेशसभामा सिट पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *