Main News

जबराविरुद्धको महाभियोग जीवितै छः मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर २१ गते १७:५०
जबराविरुद्धको महाभियोग जीवितै छः मन्त्री कार्की (भिडियो रिपोर्टसहित)

२१ मंसिर २०७९ काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग जीवित नै रहेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय सुनाउनेक्रममा प्रधानन्यायाधीश राणाको महाभियोगबारे सरकारको धारणा राख्नुभएको हो ।

उहाँले महाभियोग संसदको विषयभएकाले अब आउने संसदमा छलफल गरेर एउटा निर्णयमा पुग्ने बताउनुभयो ।

तर, संसद सचिवालयका महासचिव भरतराज गौतमले आजै पत्र पठाएर प्रधानन्यायाधीश विरुद्धको महाभियोग निष्प्रभावि भएको उल्लेख गर्नुभएको थियो ।

यही पत्रको आधारमा प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत हाजिर हुने तयारीमा हुनुहुन्छ । उता, गृह मन्त्रालयले राणालाइ सर्वोच्च प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाइ निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *