धनकुटा : प्रत्यक्षमा भन्दा समानुपातिकमा बदर मत धेरै (भिडियो रिपोर्टसहित)

२० मंसिर २०७९ धनकुटा । निर्वाचन आयोगले प्रत्येक निर्वाचनमा मतदाता शिक्षाका नाममा करोडौँ बजेट छुट्याउने गर्दछ । तर, खर्च भए अनुसारको प्रभावकारी मतदाता शिक्षा भने भएको पाइँदैन ।
धनकुटामा यो पटक पनि त्यस्तै भयो । प्रत्यक्षतर्फ झण्डै ४ प्रतिशत मत बदर हुँदा समानुपातिकतर्फ भने ५ दशमलव ५५ प्रतिशत मत बदर भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा यो पटक पनि मतदाता शिक्षा प्रभावकारी नभएको पाइएको छ । सबै मतपरिणाम सार्वजनिक भइसक्दा धनकुटामा प्रत्यक्षतर्फ ३ दशमलव ९१ प्रतिशत मत बदर भएको छ । यस्तै, समानुपातिकतर्फ ५ दशमलव ५५ प्रतिशत अर्थात् ९ हजार १४ मत बदर भएको छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा बढी मत बदर भएको छ ।
धनकुटामा भएको बदर मत
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ– २ हजार ७ सय १७
प्रतिनिधिसभाको समानुपातिकतर्फ – ३ हजार ८ सय ९९
प्रदेशसभाको प्रत्यक्षतर्फ – २ हजार ५ सय ८७
प्रदेशसभाको समानुपातिकतर्फ – ५ हजार एक सय १५
धनकुटामा खसेको कुल मत
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ – ६९ हजार ४ सय ४४
प्रतिनिधिसभाको समानुपातिकतर्फ – ६९ हजार ३ सय ४३
प्रदेशसभाको प्रत्यक्षतर्फ – ७० हजार २ सय १९
प्रदेशसभाको समानुपातिकतर्फ – ६९ हजार ९ सय ३७
आयोगका अनुसार धनकुटामा कुल ५९ दशमलव ४० प्रतिशत मत खसेको थियो । जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण तथा समानुपातिक तर्फ धेरै चुनाव चिह्न भएका कारण बढी मत बदर भएको मतदाताको तर्क छ ।
तर, यो पटक २०७४ सालको तुलनामा भने मत कम बदर भएको हो । २०७४ मा धनकुटामा करिव १० प्रतिशत बदर भएको थियो ।
प्रतिक्रिया