Main News

समानुपातिकतर्फको मतगणना सकियो, एमाले पहिलो स्थानमा

हिमालय टिभी
२०७९ मंसिर २० गते १७:५५
समानुपातिकतर्फको मतगणना सकियो, एमाले पहिलो स्थानमा

२० मंसिर २०७९ काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ ।

निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ। समानुपातिकमा नेकपा एमाले २८ लाख ४५ हजार ६ सय ४१ मतसहित पहिलो भएको छ ।

यस्तै नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत ल्याएर दोस्रो दल बनेको छ । माओवादी ११ लाख ७५ हजार ६ सय ८४ मतसहित तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख ३० हजार ३ सय ४४ मत ल्याएर चौथो भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १३, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको छ। योसँगै सात राजनीतिक दलले ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गरेर राष्ट्रिय दलको मान्यता पाएका छन ।

नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन असफल भएको छ । एकीकृत समाजवादीले समानुपातिकमा २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएको छ । थ्रेस होल्ड नकटाउने ४० दलले १२ लाख ७७ हजार ६ सय ५४ मत पाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *