Main News

कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

हिमालय टिभी
२०७९ मंसिर २० गते १४:५७
कपिलवस्तुका जिल्ला न्यायाधीश गिरीमाथि बलात्कारको आरोप

२० मंसिर २०७९ कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान शुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

पीडित महिलाले राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा उजुरी दिएपछि प्रहरीले सोको आधारमा छानविन सुरु गरेको छ ।

आयोगका अनुसार उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको जनाएको छ । प्रहरीले उजुरी लिन नमानेपछि पीडितले आयोगमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *