Main News

प्रदेशसभामा निर्विरोध निर्वाचित गुरुङ एकीकृत समाजवादीमा प्रवेश

हिमालय टिभी
२०७९ मंसिर १९ गते १८:३३
प्रदेशसभामा निर्विरोध निर्वाचित गुरुङ एकीकृत समाजवादीमा प्रवेश

१९ मंसिर २०७९ काठमाडौं । मनाङ प्रदेशसभा २ बाट निर्विरोध निर्वाचित राजिव गुरुङ नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएको छ ।

काठमाडौंमा आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुरुङलाई पार्टी प्रवेश गराउनुभएको हो ।

स्वतन्त्र उम्मेदवार गुरुङले विज्ञप्ती जारी गर्दै एक्लै मुलुकको परिवर्तनका लागि काम गर्न नसक्ने भएकाले एकीकृत समाजवादीको नीति, विचार र सिद्धान्तबाट निर्देशित हुँदै त्यसको बलमा गरिने पहलकदमी तथा जनसेवा थप प्रभावकारी हुने निश्कर्षमा पुगेको उल्लेख गर्नुभएको छ ।

उहाँले एकीकृत समाजवादीका नेता, कार्यकर्ता स्वच्छ छवी र दृष्टिकोण बोकेकाले आफू प्रभावित बनेको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *