Main News

दार्चुला घटनामा सरकार गैरजिम्मेवार बनेको स्वतन्त्र पार्टीको आरोप

हिमालय टिभी
२०७९ मंसिर १९ गते १७:५१
दार्चुला घटनामा सरकार गैरजिम्मेवार बनेको स्वतन्त्र पार्टीको आरोप

१० मंसिर २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दार्चुला घटनामा सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ ।

सो पार्टीले आज विज्ञप्ति जारी गर्दै महाकाली नदीको बहाव नेपालतर्फ धेकेलेर भारतले अनधिकृत संरचना बनाउँदासमेत सरकार संवेदनशील नबनेको टिप्पणी गरेको हो ।

स्थानीयले संभावित जोखिमको प्रसंग उठाउँदा भारतीय पक्षबाट नेपालीमाथि ढुंगामुढा हुँदासमेत सरकार मौन रहनुलाई उसले गैरजिम्मेवार भएको छ ।

अन्तर्राष्ट्रियसहित नेपालले भारतसँग गरेको सन्धि–सम्झौताविपरीत कार्य भइरहँदा समेत सरकार रमिते बनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको मौनताका कारण स्थानीय नेपाली नागरिक प्रतिरोधमा उत्रिन बाध्य भएको पनि औंल्याएको छ ।

विज्ञप्तिमा सीमा सम्पदाको संरक्षक र नागरिकलाई अभिभावकत्वको अनुभूति हुने गरी प्राथमिकताका साथ काम गर्न सरकार समक्ष आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *