Main News

सत्ता गठबन्धनको बैठक आज बस्दै

हिमालय टिभी
२०७९ मंसिर १९ गते ९:२५
सत्ता गठबन्धनको बैठक आज बस्दै

१९ मंसिर २०७९ काठमाडौं । निर्वाचनको अन्तिम मत परिणाम आउन बाँकी रहँदा सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।

निर्वाचनपछि सत्ता गठबन्धनको यो पहिलो बैठक बस्न लागेको हो । आजको बैठकमा सत्ता गठबन्धनका दलहरुबीच चुनावी समीक्षाका साथै भावी सरकारको नेतृत्व कसले गर्ने र कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुनेछ ।

अब बाँकी एक ठाउँ (दोलखा) मत परिणाम आउन बाँकी छ । जसमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले ५७ सिट प्रत्यक्षमा जित हासिल गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले १७ स्थानमा विजयी भएको छ र एक स्थानमा अग्रता लिएको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) १० स्थानमा विजयी हुँदा सत्ता साझेदार दल नेपाल मजदुर किसान पार्टीले १, लोकतान्त्रित समाजवादी पार्टीले ४ सिट जितेको छ । समानुपातिकमा भने हालसम्म नेपाली काँग्रेस दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *