Main News

दोलखामा मतगणना, फेरि माओवादी केन्द्रका कार्कीको अग्रता

हिमालय टिभी
२०७९ मंसिर १८ गते १८:०९
दोलखामा मतगणना, फेरि माओवादी केन्द्रका कार्कीको अग्रता

१८ मंसिर २०७९ काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिनुभएको छ ।

हालसम्म ४९ हजार छ सय ३५ मत गणना गर्दा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । यसअघि शिवाकोटीको अग्रता थियोे ।

दोलखा–१(१) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि हुनुहुन्छ । हालसम्म ३९ हजार एक सय ६९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २१ हजार तीन सय ३७ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १४ हजार ४२ मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसक्नुभएको छ ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।

अब बैतेश्वरका ३ वटा वडा, तामाकोसी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गन्न बाँकी छ । स्थानीय तह निर्वाचनमा बिगु र शैलुङ माओवादी केन्द्र, मेलुङ एमाले र तामाकोशी नेकपा एकीकृत समाजवादीले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *