राजनीति

पहिलो प्रयासमै राष्ट्रिय दल, जनमत पार्टीको आगामी यात्रा कस्तो रहला ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १८ गते १६:२८
पहिलो प्रयासमै राष्ट्रिय दल, जनमत पार्टीको आगामी यात्रा कस्तो रहला ? (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा गरेको जनमत पार्टी राष्ट्रिय दल बनेको छ । यो पार्टीका अध्यक्ष डाक्टर सिके राउतले केही वर्ष अघिसम्म स्वतन्त्र मधेशको माग राख्दै अभियान नै छेड्नु भएको थियो ।

पार्टी स्थापना गरेको तीन वर्षमै राष्ट्रिय दल बनेको जनमत पार्टीले कस्तो विचार अनुशरण गर्छ ? अहिले पनि आम मतदातालाई थाहा नहुन सक्छ ।

संविधान मान्दैनौँ, मधेस स्वतन्त्र हुनुपर्छ भनेर हिँडेका सिके राउत यही संविधान र यही संविधानले निर्धारण गरेको सीमा र विधिमा रहेर आम निर्वाचन लड्नु भयो । स्थापनाको तीन वर्ष नपुग्दै उहाँको पार्टी राष्ट्रिय पार्टी बनिसकेको छ ।

गत वर्ष मधेसमा उखु किसानका मुद्दा उठाएर आन्दोलित बनेको सिके राउतको जनमत पार्टी अहिले पनि किसानको बक्यौता फिर्ता गर्नुपर्छ भन्ने एक सुत्रीय अडानमै छ । तर किसानको बक्यौता फिर्ता भयो भने त्यसपछिको राजनीतिक बाटो चाँहि के हो त ?

राउतको सिद्धान्त र विचारबारे अहिले चासो बढ्न थालेको छ । यस निर्वाचनमा प्रत्यक्षमा एक सिट जितेको र समानुपातिकमा पनि थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने लाइनमा रहेको जनमत पार्टीको पार्टीले अंगीकार गर्ने राजनीतिक विचार र सिद्धान्त के हो त ?

निर्वाचन पछि जनमत पार्टी राष्ट्रिय दल त बन्यो , संगठन त अहिले पनि मधेश केन्द्रीत छ ? खासमा जनमत पार्टी राष्ट्रिय दल हो कि क्षेत्रीय ?

राउतका अनुसार जनमत पार्टीले संविधान स्वीकार गरेरै दल स्थापनादेखि निर्वाचनमा सहभागी भएको हो भने लोकतान्त्रिक समाजवाद पार्टीले अंगीकार गरेको बिचार र सिद्धान्त हो । त्यस्तै शान्तिपूर्ण राजनीतिमा आएको दिनदेखि नै जनमत पार्टीले स्वतन्त्र मधेशको मागलाई परित्याग गरिसकेको छ ।

अब जनमत पार्टी मधेशमा मात्रै नभएर देशव्यापी संगठन विस्तार गर्ने लक्ष्यमा रहेको देखिन्छ । विगतको अभ्यास र भोगाइ हेर्ने हो भने मधेसलाई पृष्ठ भूमि बनाएका दलहरुको उदय र पतन निकै छोटो अवधिमै हुने गरेको देखिन्छ । जतमत पार्टीको उदय जुन गतिमा भएको छ, त्यही गतिमा विस्तार गर्न र जोगाइराख्न राउतको भूमिका कस्तो रहन्छ, परिणाम पनि त्यही अनुसार आउने नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्