राजनीति

को बन्ला सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री ? यस्तो छ चुनावी परिणामको अंकगणित (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १८ गते १६:१४
को बन्ला सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री ? यस्तो छ चुनावी परिणामको अंकगणित (भिडियो रिपोर्टसहित)

१८ मंसिर २०७९ कैलाली । सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाको चुनावी परिणाम आएसँगै अब प्रदेश सरकार कसको बन्छ र कसको नेतृत्वमा बन्छ भन्ने जोडघटाउ सुरु हुन थालेको छ ।

केन्द्रमा अहिलेको सत्ता गठबन्धनमा फेरबदल नभए गठबन्धनले नेतृत्व गर्ने पक्का छ । गठबन्धनमा सहमति नहुँदै दलका नेताहरू भने मुख्यमन्त्रीमा आफ्नो दावी गर्न थालेका छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले बढी सिट जितेको छ । जस अनुसार कांग्रेसले प्रत्यक्षतर्फ १२ सिट, माओवादी केन्द्रले ८ सिट, एमाले ३ सिट, नागरिक उन्मुक्ति पार्टीले ५ सिट, नेकपा एकीकृत समाजवादी ३ सिट र स्वतन्त्र एक सिटमा जितेको छ ।

परिणामलाई आधार मान्दा गठबन्धनले यहाँ कुल २३ सिट प्राप्त गरेको छ । कांग्रेस पहिलो दल भएपनि मुख्यमन्त्री भने माओवादीले पाउने चर्चा चुलिएको छ । त्यसमा पनि माओवादीका नेता खगराज भट्टको चर्चा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नै खगराजलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका कारण पनि माओवादीले मुख्यमन्त्री आफूले पाउनेमा ढुक्क देखिन्छ ।

तर, कांग्रेसका नेता भने त्यसलाई स्वीकार्न तयार छैनन् । सुदूरपश्चिमका कांग्रेस नेता–कार्यकर्ता भने प्रकाश देउवा भावी मुख्यमन्त्री हुने भन्दै प्रचार गरिरहेका छन् ।

नेता–कार्यकर्ताले सिफारिस गरिरहेका मुख्यमन्त्रीका दाबेदार प्रकाश भने अहिले नै मुख्यमन्त्रीबारे बहस गर्नु उचित नहुने बताउनुहुन्छ । प्रदेशदेखि केन्द्रसम्मको भागवण्डा सहमतिका आधारमा हुने भन्दै अहिले नै कसको नेतृत्वमा सरकार बन्छ भन्ने विषय टुंगोमा नपुगेको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म गठबन्धनबाट प्रदेशसभामा २३ जना सांसद प्रत्यक्षबाट जितेर आएका छन् । यो प्रदेशमा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक गरी ५३ सांसद हुन्छन् । जसमा प्रदेश सरकार बनाउन २७ जना सांसद् चाहिन्छ । अहिलेको सत्ता गठबन्धनबाट २३ जना प्रत्यक्षबाट जितेर आइसकेको अवस्थामा समानुपातिकबाट चुनिँदा सहज रूपमा सरकार बन्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्