Main News
बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि
२०७९ मंसिर १८ गते १३:०९

१८ मंसिर २०७९ काठमाडौं । नेकपा एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको पर्खाल छेउ प्रेसर कुकरमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय गरेको हो ।
शंकास्पद वस्तु बम जस्तो देखिए पनि बम भने नभएको सेनाले जनाएको छ । आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया