Main News

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

हिमालय टिभी
२०७९ मंसिर १८ गते १३:०४
समानुपातिकतर्फ एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

१८ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ १ करोड ४ लाख २० हजारभन्दा बढी मतगणना भइसकेको छ ।

अहिलेसम्मको गणनामा नेकपा एमाले २७ लाख ८८ हजार भन्दा बढी मतसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको कांग्रेसले २६ लाख ६० हजारभन्दा बढी मत ल्याएको छ।

नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार भन्दा धेरै मत पाएका छन् । नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार मत पाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *