Main News

बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी

हिमालय टिभी
२०७९ मंसिर १८ गते १३:००
बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री पाण्डे विजयी

१८ मंसिर २०७९ बाजुरा । बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ३ सय ६० मतान्तरले पराजित गर्नु भएको हो । पाण्डेले ३१ हजार ७ सय ८९ मत पाउँदा एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार २ सय ४८ मत प्राप्त गर्नुभयो ।

२०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । पाण्डे २०७० सालको संविधानसभाको चुनावमा समानुपातिक तर्फबाट सांसद हुनुहुन्थ्यो भने २०७४ राष्ट्रियसभाको सदस्य निर्वाचित हुनुभएको थियो ।

यस्तै बाजुराको प्रदेश सभा २ मा नेपाली कांग्रेसका पदमबहादुर शाही २० हजार ११९ मतसहित निर्वाचित हुनु भएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो । प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही विजयी भइसक्नु भएको छ ।

उता दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पछि पार्नु भएको छ । यसअघि मतगणना सुरु भएदेखि माओवादी केन्द्रका कार्कीले अग्रता लिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *