Main News

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

२०७९ मंसिर १७ गते १८:३१
बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

१७ मंसिर २०७९ बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ ।

बुधबार बेलुकी ६ः३० बजेबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाउनुभएको छ ।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार थापा विसं २०७४ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *