Main News

समानता, भाइचार र समृद्धिका लागि काम गर्छौः अध्यक्ष राउत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १७ गते १८:२१
समानता, भाइचार र समृद्धिका लागि काम गर्छौः अध्यक्ष राउत (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७९ काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले समानता, भाइचारा र समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागि पर्ने बताउनु भएको छ ।

जनमत पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अध्यक्ष राउतले जनताको अपेक्षा अनुसार आफूले गर या मरको मनस्थितिमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै निराश हुन नदिने बाचा गर्नुभयो ।

अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *