Main News
पाँच हजार मत गन्न बाँकी रहँदै स्याङ्जा–२ मा गुरुङको जित सुनिश्चित
२०७९ मंसिर १७ गते १८:१५
१७ मंसिर २०७९ वालिङ । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।
७० हजार १ हजार ९१ मत खसेकोमा ६४ हजार ९ सय ५४ मत गणना गर्दा गुरुङले २९ हजार ५ सय ६६ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले २३ हजार ५ सय ९१ मत प्राप्त गर्नु भएको छ। अब गणना हुन बाँकी मत ५ हजार २ सय १७ मात्र रहेकाले गुरुङको जित सुनिश्चित भएको हो ।
स्याङ्जा–२ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ७ हजार ७ सय ५६ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया