Main News

बाजुरा, दोलखा र स्याङ्जा–२ को मतगणना, तीनै स्थानमा सत्ता गठबन्धनको अग्रता

हिमालय टिभी
२०७९ मंसिर १७ गते १३:३३
बाजुरा, दोलखा र स्याङ्जा–२ को मतगणना, तीनै स्थानमा सत्ता गठबन्धनको अग्रता

१७ मंसिर २०७९ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत दोलखा, बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ ।

दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता कायमै छ । कार्कीले ७ हजार ९९५ मत पाउनु भएको छ । नेकपा एमालेका बालकृष्ण सिवाकोटीले ७ हजार २९५ मत प्राप्त गर्नु भएको छ ।

बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता लिइरहनु भएको छ । अहिलेसम्म पाण्डेले ११ हजार ७३६ मत पाउँदा नेकपा एमालेका कर्ण थापाको ८ हजार ८५२ मत आएको छ ।
उहाँहरुबीत मत अन्तर २ हजार २२४ रहेको छ । बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ ।

त्यस्तै स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ अघि हुनुहुन्छ । गुरुङले २५ हजार ६५३ मत प्राप्त गर्नु भएको छ। नेकपा एमालेकी उम्मेदवार पद्‍मा कुमारी अर्यालले २२ हजार २१३ मत पाउनु भएको छ।

प्रदेश सभा–२ तर्फ कांग्रेसका महेश भट्टराई १३ हजार ६२७ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार ३४५ मतसहित पछ्याइरहनु भएको छ । प्रदेश सभा १ तर्फ भने कांग्रेसकै उम्मेदवार भोजराज अर्याल विजयी भइसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *