Main News

स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

२०७९ मंसिर १६ गते २१:३६
स्याङ्जा–२ मा गुरुङको अग्रता कायमै

१६ मंसिर २०७९ स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका धनराज गुरुङको अग्रता कायम रहेको छ ।

कांग्रेस उम्मेदवार गुरुङ नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा एक हजार पाँच सय ५८ मतले अगाडि हुनुहुन्छ ।

साँझसम्मको गणनाअनुसार गुरुङले १८ हजार १९ मत प्राप्त गर्दा अर्यालले १६ हजार चार सय ६१ मत ल्याउनुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले छ हजार चार सय ९० मत ल्याउनुभएको छ । कूल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा साँझसम्म ४३ हजार आठ सय १६ मतगणना भएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताउनुभयो । मतगणना भएको मतमध्ये ४२ हजार तीन सय ४५ मत सदर भएको छ भने एक हजार चार सय ७१ मत बदर भएको हो ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–१, ६ र ७ भिरकोट नगरपालिका–५, ६, ७, ८ र ९ वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ तथा कालीगण्डकी गाउँपालिका–१, २, ३, ४, ५, ६ र ७ को मगतणना सकिएको छ ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । कालीगण्डकी गाउँपालिकाका सातवटा वडाको मतगणना सकिँदा श्रेष्ठ एक हजार ६४ मतले अगाडि हुनुहुन्छ । एमाले उम्मेदवार श्रेष्ठले पाँच हजार पाँच सय चार मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेश भट्टराईले चार हजार चार सय ४० मत ल्याउनुभएको छ । हालसम्म १० हजार सात सय ८६ मतगणना सकिएको छ भने १० हजार ६ सय ४३ मत सदर, एक सय ४३ मत बदर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *