राजनीति

कर्णाली प्रदेश : निर्वाचनमा दल परिर्वतन, पत्याएनन् मतदाताले (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १६ गते १८:२५
कर्णाली प्रदेश : निर्वाचनमा दल परिर्वतन, पत्याएनन् मतदाताले  (भिडियो रिपोर्टसहित)

१६ मंसिर २०७९ सुर्खेत । कर्णाली प्रदेशसभाको निर्वाचनमा दल परिवर्तन गर्ने उम्मेदवारलाई मतदाताले पत्याएनन् ।

प्रत्यक्ष तर्फका २४ सिटमा अघिल्लो पटक निर्वाचित भएका ८ जना सदस्य यस पटकको निर्वाचनमा उम्मेदवार बनेका थिए । जसमध्ये ४ जनालाई मतदाताले अनुमोदन गरेनन् ।

कर्णाली प्रदेशसभामा ४० सदस्यीय प्रदेशसभाका लागि २४ सिटमा प्रत्यक्ष निर्वाचन भएको थियो । २४ मध्ये विभिन्न दलका ८ जनाले दोस्रो कार्याकालका लागि उम्मेदवारी दिएका थिए ।

नेपाली काँग्रेसका जीवनबहादुर शाही, एमालेका यामलाल कंडेल, गुलावजंग शाही, धर्मराज रेग्मी, ठम्मर विष्ट, एकीकृत समाजवादीका पदम रोकाया, नेकपा माओवादीका विन्दमान विष्ट र वीरबहादुर शाही प्रदेशसभाका लागि उम्मेदवार बन्दा चार जनामात्र दोस्रो पटक सांसद भए ।

एमालेका गुलावजंग शाह, धर्मराज रेग्मी र कुर्मराज शाहीले पराजय भोगे । पराजित चारमध्ये तीन जनाले यसअघि दल परिवर्तन गरेका हुन् । धर्मराज रेग्मी र ठम्मर विष्ट माओवादीबाट एमालेमा गएका हुन् भने कुर्मराज शाही एमालेबाट समाजवादीमा गएर फेरी एमालेमै फर्किएका हुन् ।

मतदाताले स्वार्थपूर्ण राजनीतिमा लागेका उम्मेदवारलाई यो पटक मतदाताले नपत्याएको प्रष्ट भएको छ । मतदातको हितमा नभई व्यक्तिगत स्वार्थले गर्दा उनीहरुको पराजय भएको विश्लेषकको बुझाई छ ।

प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइसक्दा प्रदेससभामा २० जना नयाँ सांसदको उपस्थिती हुने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्