Main News

नवलपरासी जिप दुर्घटनाका मृतक चारै जनाको सनाखत

२०७९ मंसिर १६ गते ७:१५
नवलपरासी जिप दुर्घटनाका मृतक चारै जनाको सनाखत

१६ मंसिर २०७९ मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *