Main News

बहालवाला ६ मन्त्रीले देखाएनन् नैतिकता, छोडेनन् पद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर १४ गते २०:५८
बहालवाला ६ मन्त्रीले देखाएनन् नैतिकता, छोडेनन् पद (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७९ काठमाडौं । नेपाली राजनीतिमा पद र नैतिकताको प्रश्न निरन्तर उठिरहन्छ । निकै लामो कसरत र चाकडीबाट पद पाएका नेताहरुलाई पदमा गइसकेपछि नैतिकताका आधारमा कार्य सम्पादन गर्नुपर्छ भन्ने लागेको खासै देखिँदैन ।

यसपटक मसिंर ४ गतेको निर्वाचनबाट बहालवाला ६ जना मन्त्री जनमतको माध्यकबाट अस्वीकृत भइसकेका छन् । जनमतबाटै पराजित भएका मन्त्रीहरुले राजीनामा दिएर नैतिकता प्रदर्शन भने गर्न सकेनन् ।

गत वर्षको मंसिरमा सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभयो ।

सांसद रहेका रिजाललाई पार्टीको महामन्त्री पदबाट पराजित हुँदा मन्त्री पदबाटै राजीनामा दिनुपर्ने गरी नैतिकताको प्रश्न उठेको थिएन । तर पार्टीबाटै अनुमोदित हुन नसक्दा मन्त्री पदमा बसिरहनु उपयुक्त नहुने भन्दै उच्च नैतिकता प्रदर्शन गर्नुभयो ।

आफ्नो आलोचनापछि नैतिकताको आधारमा पदबाट राजीनामा दिनेहरुमा रिजालमात्र होइन थुप्रै नेताहरुको नाम आउँछ । बीपी कोइराला ,कीर्तिनिधि विष्ट,केशरबहादुर विष्ट, शैलजा आचार्यदेखि शेरबहादुर तामाङसम्मले राजीनामा दिएका उदाहरण ताजै छन् । तर मसिंर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा जनताबाट अस्वीकृत भएका हालका ६ जना बहालवाला मन्त्रीले भने पद छोड्न सकिरहेका छैनन् । निर्वाचनपछि सरकार फेरिने छ र उनीहरु यसै पनि मन्त्री पदमा रहने छैनन् तर अन्तिम दिनसम्मै पदमै रहने लालसा निर्वाचनमा पराजित भएका मन्त्रीहरुमा देखिएको छ ।

निर्वाचनमा पराजित भएका मन्त्रीहरू
बालकृष्ण खाण– गृहमन्त्री

कांग्रेस नेता खाण रुपन्देही–३ बाट प्रतिनिधिसभाको निर्वाचनमा पराजित हुनुभयो । तर हारपछि उहाँ अझै गृहमन्त्रीकै हौसियतमै हुनुहुन्छ । जनताबाट अस्वीकृत हुदाँ पनि गृहमन्त्री खाँणले राजीनामा दिएर नौतिकता देखाउन सक्नुभएन ।

पम्फा भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

माओवादीबाट सरकारमा सहभागी उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल ललितपुर–३ मा पराजित हुनुभयो । लामो सरकारमा सरकारमा रहेको मन्त्री भुसाल अन्तिम समयमा अझै केही दिन सरकारमै बसिरहने लालसामा देखिनुहुन्छ ।

जीवनराम श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ मा पराजित हुनुभयो । उहाँले पनि राजीनामा दिन आवश्यक ठान्नु भएन ।

उमाकान्त चौधरी
खानेपानीमन्त्री

बारा(१ बाट चुनाव लडेका खानेपानीमन्त्री उमाकान्त चौधरी पनि पराजित हुनुभयो तर राजीनामा दिने मुडमा हुनुहुन्न ।
बाँकेबाट पराजित भएका खेलकुदमन्त्री महेश्वरजंग गहतराज, चितवनबाट पराजित राज्यमन्त्री उमेश श्रेष्ठ तथा विभिन्न प्रदेशका मन्त्रीहरु पनि नैतिकता देखाउनबाट चुकेका छन् ।
जनताले अनुमोदन नगरेपछि पनि किन उनीहरु नैतिकता देखाउन सकिरहेका छैनन् त ?

शेरबहादुर तामाङ
पूर्वमन्त्री

अहिले हार बेहोरका मन्त्रीहरु मन्त्रीकै हैसियता राज्यबाट सेवा सुबिधा लिइरहेका छन् । निर्वाचनपछि नयाँ सरकार गठन हुन अझै महिना दिनसम्म लाग्न सक्छ । नयाँ सरकार बनुन्जेलसम्म सेवा सुविधा लिइरहने नियत यी मन्त्रीहरुमा देखिएको टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *