राजनीति

नागरिक उन्मुक्तिको उदय, के भन्छन् जानकार ? (भिडियो रिपोर्टसहित)

२०७९ मंसिर १४ गते १८:२४
नागरिक उन्मुक्तिको उदय, के भन्छन् जानकार ? (भिडियो रिपोर्टसहित)

१४ मंसिर २०७९ कैलाली । कैलालीको दोस्रो ठूलो सहरका रूपमा रहेको टीकापुर नगरपालिकामा पाँच दलीय गठबन्धन, नेकपा एमाले समेतका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले आफ्नो जित दर्ता गरायो ।

धेरैले यो पार्टीलाई पुराना दलका लागि चुनौती हुने विश्लेषण गरिरहँदा राजनीतिक दलका नेता भने उनमुक्ति पार्टीलाई कम आँकिरहेका छन् ।

कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ । मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ । ५ प्रतिनिधि सभा मध्ये ३ र १०, प्रदेश सभा मध्ये ५ वटामा जित हात पारेको छ । पार्टीले प्रतिनिधि सभातर्फका क्षेत्र नं. १, २ र ३ मा जितेको छ ।

निर्वाचन आयोगमा गत माघमा दर्ता भएको यो पार्टीका सुत्राधार रेशम चौधरी हुन् । चौधरी अहिले टीकापुरम घटनामा दोषी ठहर गरेर जेलमा छन् । आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएपछि श्रीमतिको नाममा पार्टी खोलेर चुनावमा होमिएको नागरिक उनमुक्ति पार्टीले स्थानीय तहमा प्राप्त गरेको सफलता यो निर्वाचनमा पनि हात पा–यो ।

झुठा मुद्दा लगाएर रेशमलाई जेलमा राखिएको सहानुभूति बटुल्दा यो पटक यो पार्टीले हासिल गरेको सफलताले धेरैलाई चुनौती दिएको छ । तर, राजनीतिक दल भने यो सफलतालाई सामान्य मान्छन् । यो पटक रेशमसँग जोडिएको मुद्दाले थारू, पछि परेका जनजातिका मतदातालाई भावनात्मक रूपमा आकर्षित गरेपनि विस्तारै मधेसवादी दल जस्तो हुने दावी गर्न थालेका छन् ।

भलै निर्वाचनमा प्राप्त मत टीकापुर घटनाको मुद्दाले बहुसंख्यक थारु समुदायलाई आकर्षित गरेपनि यो मत दलहरूप्रतिको वितृष्णाले समेत प्राप्त भएको विश्लेषण गर्न थालिएको छ ।

पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई केहि नेताले सामान्य रूपमा लिएपनि दलहरूलाई निकै ठूलो चुनौती थपिएको कुरा कतै लुकेको छैन । नयाँ पार्टीलाई दलहरूले चुनौतीका रूपमा नस्वीकारेपनि आफ्नो कमी कमजोरी भने स्वीकार्नुपर्ने कैलालीवासीको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्