Main News
समानुपातिकमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस
२०७९ मंसिर १४ गते १३:२७

१४ मंसिर २०७९ काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ १ करोड ४१ हजार भन्दा बढी मत गणना भैसकेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २७ लाख १ हजार भन्दा बढी मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २५ लाख ५९ हजार बढी मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले ११ लाख ४५ हजार मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार भन्दा बढी मत पाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१, जनता समाजवादी पार्टीले तीन लाख ९६ भन्दा मत प्राप्त गरेका छन् । जनमत पार्टीले ३ लाख ५९ हजार तथा एकीकृत समाजवादीले २ लाख ८२ हजार भन्दा बढी मत प्राप्त गरेको छ ।
प्रतिक्रिया