सत्ता गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

१३ मंसिर २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
चुनावी परिणामबारे छलफल गर्न आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले शतर्क हुनुपर्ने आवश्यकताको महशुस गरेको बताउनुभयो । उहाँले गठबन्धनका दलहरुबीचमा भइरहेको सहकार्यलाई अगाडी बढाएर लानुपर्ने बताउनुभयो ।
बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राख्नुभएको विषयमा समेत छलफल भएको थियो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सम्पूर्ण चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि हुने जानकारी दिनुभयो । उहाँले सरकार गठनबारे पनि सबै नजिता आएपछि मात्रै स्पष्ट हुने बताउनुभयो ।
राम्रो निर्णय !!