Main News

प्रतिनिधिसभा समानुपातिकतर्फ कसले ल्यायो कति मत ?, एमालेको अग्रता कायमै

हिमालय टिभी
२०७९ मंसिर १३ गते १३:०१
प्रतिनिधिसभा समानुपातिकतर्फ कसले ल्यायो कति मत ?, एमालेको अग्रता कायमै

१३ मंसिर २०७९ काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ९७ लाख २२ हजार भन्दा बढी मत गणना भएको छ ।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत मत खसेको थियो । आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा एमालेले २६ लाख २२ हजार बढी मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले २४ लाख ७९ हजार,नेकपा माओवादी केन्द्रले ११ लाख २२ हजार बढी मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८२ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५६ हजार ,जनता समाजवादी पार्टीले ३ लाख ६९ हजार मत, जनमत पार्टीले ३ लाख २० हजार बढी प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

नेकपा एकीकृत समाजवादी थ्रेस होल्ड कटाउन सङ्घर्षरत छ । एकीकृत समाजवादीले २ लाख ७१ हजार मत प्राप्त गरेको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

मतगणना जारी नै रहेकाले सदर मत कति भन्ने स्पष्ट आँकडा त आइसकेको छैन तर खसेको मत अनुमानित एक करोड सात लाख रहेको र यसमा बदर मत कटाएर बाँकी मतको तीन प्रतिशत प्राप्त गर्ने दलले थ्रेसहोल्ड पार गर्ने कानुन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *