Main News

कसरी बन्लान् प्रदेश सरकार ?(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ११ गते २१:३२
कसरी बन्लान् प्रदेश सरकार ?(भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ काठमाडौं । २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर निर्वाचनमा जाँदा ६ वटा प्रदेशसभामा स्पष्ट बहुमत प्राप्त भएको थियो । यस्तै जनता समाजवादी पाटी र राष्ट्रिय जनतापार्टी बीचको गठबन्धनमा मधेश प्रदेशमा सरकार थियो ।

यो पटक सत्तारुढ गठबन्धन र नेकपा एमालेको गठबन्धन चुनावमा जादाँ कुनै पनि दललाई बहुमत प्राप्त त हुन सकेन नै गठबन्धने पनि सरकार बनाइहाल्ने सुविधा देखिँदैन । यसो हुँदा अब प्रदेश सरकार कसरी बन्लान् त भन्नेमा चासो बढेको छ ।

यसपटकको निर्वाचनमा कुनै पनि प्रदेशसभामा कुनै एउटा दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिँदैन । प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुँदै गर्दा र समानुपातिक तर्फको नतिजा आइनसक्दाको अवस्था हेर्ने हो भने सबैजसो प्रदेशमा दुई वा दुई भन्दा बढी दल मिलेरै सरकार गठन गर्नुपर्ने अवस्था देखिन्छ ।

प्रदेश १ को प्रत्यक्षतर्फको नजिता
एमाले–२२
कांग्रेस–१३
माओवादी–६
राप्रपा–२
एकीकृत समाजवादी–१

कसको सरकार ?
प्रत्यक्ष ५६ र समानुपातिक ३६ गरी ९३ सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा समानुपातिक मतका आधारमा एमाले र काँग्रेसको सिट आउने देखिन्छ । माओवादी र राप्रपाको समेत उस्तै सिट आउने देखिन्छ । प्रदेश १ मा एमाले र अन्य वा सत्ता गठबन्धन र अन्य मिलेर सरकार बनाउने सम्भवना छ ।

मधेस प्रदेशको प्रत्यक्षतर्फको नजिता
एमाले १३
कांग्रेस १३
माओवादी ४
जसपा ८
लोसपा ७
जममत ६
एकीकृत समाजवादी ४

कसको सरकार ?
मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र ४३ जना समानुपातिक गरी १ सय ७ सदस्यीय प्रदेशसभा बन्ने छ। यहाँ जारी मतगणनामा समानुपातिकमा काँग्रेस पहिलो, एमाले दोस्रो, जसपा तेस्रो स्थानमा छन् । यो प्रदेशमा सरकार काँग्रेसको नेतृत्वमा बन्ने देखिन्छ । तर एमालेले अन्य साना दलसँग मिलेर सरकारमा जाने सम्भावना पनि छ ।

बागमती प्रदेशको प्रत्यक्षतर्फको नजिता
एमाले ११
कांग्रेस २२
माओवादी ११
राप्रपा ७
एकीकृत समाजवादी ५
अन्य २

कसको सरकार ?
यो प्रदेशमा ६६ जना प्रत्यक्ष र ४४ जना समानुपातिक गरी १ सय १० सदस्यीय प्रदेशसभा हुनेछ । यहाँ एमालेको समानुपातिक मत बढी भए पनि सत्ता गठबन्धनको सिट धेरै छ । यो प्रदेशमा सत्ता गठबन्धनले बहुमतसहितको सरकार बनाउने देखिन्छ ।

गण्डकी प्रदेशको प्रत्यक्षतर्फको नजिता
एमाले १२
कांग्रेस १६
माओवादी ४
एकीकृत समाजवादी १

कसको सरकार ?
यो प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित ६० सदस्यीय प्रदेशसभा बन्ने छ । यहाँ पनि सत्ता गठबन्धनको बहुमत देखिन्छ ।

लुम्बिनीको प्रदेशसभाको प्रत्यक्ष तर्फ
एमाले – १८
कांग्रेस–१७
माओवादी–५
जसपा २
नागरिक उन्मुक्ति २
लोसपा २
राप्रपा १
जनमत १

कसको सरकार ?
५२ जना प्रत्यक्ष र ३५ समानुपातिक सांसद गरी ८७ सदस्यीय प्रदेशसभा बन्छ । एमाले सबैभन्दा ठूलो दल भए पनि सत्ता गठबन्धनदलको बहुमत देखिन्छ । सत्ता गठबन्धन बाहेकका सबै दल मिल्ने हो भनेर सरकार गठनमा फेरबदल हुने देखिन्छ ।

कर्णाली प्रदेशको प्रत्यक्ष तर्फको नजिता
एमाले ३
कांग्रेस ८
माओवादी ९
स्वतन्त्र १

कसको सरकार ?
कर्णाली प्रदेशमा प्रत्यक्षबाट २४ सांसद र समानुपातिकबाट १६ जना सांसद गरी ४० सदस्यीय प्रदेशसभा बन्ने छ । यो प्रदेशमा काँग्रेस र माओवादीले मात्रै सरकार बाउन सक्छन् ।

सुदुरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको नजिता
एमाले २
कांग्रेस ९
माओवादी ८
नागरिक उन्मुक्ति ३
एकीकृत समाजवादी १
स्वतन्त्र १

कसको सरकार ?
यो प्रदेशमा प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी ५३ सदस्यीय प्रदेशसभा बन्छ । एमाले निकै कम सिटमा खुम्चिएकाले बहुमत सत्ता गठबन्धन कै छ ।

प्रदेशको समानुपातिकमा सांसद पाउन कुल सदर मतको १।५ प्रतिशत थ्रेस होल्ड पार गर्नुपर्छ । सातै प्रदेशमा समानुपातिकको समेत मत परिणामसहित हेर्ने हो भने सत्ता गठबन्धनको सरकारको बन्ने सम्भावना छ । तर एमालेले अन्य सबै दललाई मिलाउन सक्ने हो भने प्रदेश १ र लुम्बिनी प्रदेशमा बहुमतको सरकार बनाउन सक्ने देखिन्छ । तर तर कांग्रेस नेतृत्वको सत्ता समीकरण भत्किने अवस्था आएमा भने सबैजसो प्रदेशको सरकार सामान्य अनुमान विपरीत गठन हुने उत्तिकै सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *