राजनीति

सुदूरपश्चिममा खुम्चिएको एमाले कर्णालीमा शून्य, यस्तो छ कारण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ मंसिर ११ गते २१:२६
सुदूरपश्चिममा खुम्चिएको एमाले कर्णालीमा शून्य, यस्तो छ कारण (भिडियो रिपोर्टसहित)

११ मंसिर २०७८ काठमाडौं । यसपटकको आम निर्वाचनमा नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा खुम्चियो भने कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा त शून्य नै बन्यो । यसको मुख्य कारण सुदूरपश्चिम र कर्णालीमा प्रभाव राख्ने नेता भीम रावल कर्नरमा पारिनुलाई मानिएको छ ।

त्यसबाहेक कर्णाली र सुदूरपश्चिमका जिल्लामा सम्बोधन गर्न जाँदा अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेता रावलविरुद्ध आगो ओकल्नुलाई पनि एमाले हारको कारण मानिएको छ । दुबै प्रदेशको समानुपातिकमा अग्रस्थानमा रहेको एमाले प्रत्यक्षतर्फ किन कमजोर ?

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको बैतडीमा दामोदर भण्डारी र कञ्चनपुर–१ मा तारा लामा तामाङले मात्र जित हात पार्नुभयो । बाजुराको भने बाँकी छ । त्यसबाहेक सुदूरपश्चिम प्रदेशसभामा पनि एमाले कमजोर नै छ । यो प्रदेशसभामा एमालेको प्रत्यक्षतर्फ ४ सिटमात्र छ । योभन्दा कमजोर अवस्था कर्णाली प्रदेशमा देखिएको छ ।

एमालेले कर्णाली प्रदेशको कुनै पनि प्रतिनिधिसभामा जित हात पार्न सकेन । प्रदेशसभामा प्रत्यक्षतर्फ भने ५ स्थानमा जितेको छ । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धनमा एमालेले कर्णालीबाट प्रतिनिधिसभामा ६ सिट जितेको थियो भने सुदूरपश्चिम प्रदेशबाट ११ सिट हात पारेको थियो । पाँच वर्षमा किन एमाले यति धेरै कमजोर भयो त रु यसपटक सुदूरपश्चिम र कर्णालीमा प्रभाव राख्ने नेता भीम रावललाई नेतृत्वले कर्नरमै राख्यो ।

एमालेको १२औँ महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका रावललाई ओलीले त्यसपछि कहिले समेट्न खोज्नुभएन । उहाँलाई टिकट मात्र नदिने होइन, पार्टीका कुनै पनि गतिविधिमा सामेल नै गर्नुभएन । बरु, उल्टै रावलविरुद्ध विपक्षी दलका नेतालाईभन्दा चर्को आलोचना गर्नुभयो । ओलीको यो कमजोरीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा एमाले निकै कमजोर रह्यो । रावल पनि चुनावमा ति क्षेत्र जादैजानुभएन ।

उहाँको असन्तुष्टि प्रष्ट झल्किन्थ्यो । मतदानको अघिल्लो दिन त्योपनि राति ९ बजेमात्र उहाँ अछाम पुग्नुभयो । उहाँले एमालेका लागि भोटै माग्नुभएन । रावलको गृहजिल्ला अछाम १ बाट एमालेका झपड रावललाई पराजित गर्दै एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभामा निर्वाचित हुनु भएको छ भने अछाम २ बाट नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह निर्वाचित हुनु भयो । सार्वजनिकरुपमै आफू मतदानका लागि मात्र आएको उहाँको प्रतिक्रिया थियो । सुदूरपश्चिम र कर्णालीमा प्रभाव राख्ने नेता रावललाई अध्यक्ष ओलीले कर्नर मै पारेका कारण एमाले कमजोर बन्नुपरेको विश्लेषण भइरहेको छ ।

प्रत्यक्षमा कमजोर देखिएको एमाले समानुपातिकमा भने राम्रै अवस्थामा छ । ५ लाख ७७ हजार समानुपातिक मत गन्दासम्म कर्णालीमा एमाले अग्रस्थानमा छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ७ लाख ४६ हजार मत गणना हुँदा पनि एमाले पहिलो नम्बरमै छ । अब प्रत्यक्षमा किन कमजोर रु यहाँ पार्टी नेतृत्वले छानेका उम्मेदवारलाई मतदाताले पत्याएनन । समानुपातिकमा देखिएको एमालेको अग्रताले यसैलाई पुष्टि गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्